काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कहिलेसम्म थुनामा रहनेछन् ? यो आम चासोको विषय हो । सर्वोच्चले अदालतले उच्च अदालत तुलसीपुर बुटवल इजलासले पूर्पक्षका लागि थुनामै राख्ने दिएको आदेश सदर गरेपछि रवि गम्भीर संकटमा फसेका हुन् ।
रास्वपा सभापति लामिछाने अब कम्तिमा पनि रुपन्देही जिल्ला अदालतमा चलिरहेको मुद्दा अन्तिम किनारा नलागेसम्म थुनामै रहने पक्का भएको हो । रुपन्देही जिल्ला अदालतबाट सफाई पाउने स्थिति नबनेमा भने रवि जेलतर्फ जानेछन् । पोखरा, काठमाडाैं, चितवन लगायतका अदालतमा चलिरहेका मुद्दामा जस्तो फैसला आएपनि रवि अब रुपन्देही जिल्ला अदालतको फैसला कुर्नुपर्ने स्थितिमा पुगेका हुन् ।
उसोतः पोखरा, काठमडाैं र चितवनमा रविलाई धराैटीमा छाड्ने जिल्ला अदालतका फैसलाविरुद्ध समेत सरकारी वकिलको कार्यालयले सम्बन्धित उच्च अदालतमा अपिल गरेका छन् । तर ती अदालतबाट आउने फैसलाले धराैटी सदर गरेपनि रविको थुना रुपन्देहीमै निर्भर हुने भएको हो ।
उसोतः महाधिवेशन गर्नुपर्ने बाध्यतामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले अब के गर्ला ? रवि पूर्पक्षका लागि थुनामा रहेको बेला रास्वपाले कसरी आफूलाई अघि बढाउला ? अदालती प्रक्रिया लामो समय चल्ने स्थितिमा रास्वपाले नेतृत्व छनोटमा के गर्ला ? तमाम प्रश्नहरु उब्जिएका छन् ।
चैत्रभित्र महाधिवेशन गर्ने भनेको रास्वपा थप तनावमा परेको छ । यद्यपी सर्वोच्चको आदेशपछि रास्वपाले आकस्मिक रुपमा सचिवालय र केन्द्रिय समितिको भर्चुअल बैठक डाकेको छ । त्यो बैठकले के गर्छ भन्ने आमचासो देखिएको बेला रबिबिनाको रास्वपा अर्को निर्वाचनसम्म सग्लो रहनेमा धेरैले शंका गरिरहेका छन् ।
रविको अनुहार हेरेरै ओर्लिएको भोट अब के होला भन्ने चासो समेत उत्तिकै छ । रास्वपा महाधिवेशन गर्न नसक्ने स्थितिमा पुग्दा निर्वाचन आयोगले दलको मान्यता नै खारेज गरिदिने खतरा समेत रहन्छ । यस्तो स्थितिमा बिखलन्दमा परेको रास्वपा ठूलो परीक्षामा होमिन पुगेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया