logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • नासाका दुई अन्तरिक्षयात्रीले पहिलो अन्तरिक्ष भ्रमण एकसाथ गरे

    991Shares
    नासाका दुई अन्तरिक्षयात्रीले पहिलो अन्तरिक्ष भ्रमण एकसाथ गरे

    काठमाडाैं । नासाका फसेका दुई अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा प्रवेश गरेको झण्डै आठ महिनापछि बाहिर निस्किएर एकसाथ पहिलो पटक अन्तरिक्ष भ्रमण अर्थात स्पेस वाक गरेका छन् । कमान्डर सुनी विलियम्स र बुच विलमोरले पृथ्वीबाट प्रक्षेपण भएका कुनै सूक्ष्मजीवहरू जीवित छन् कि भनेर स्टेसनको बाहिर भाचिएको एन्टिना हटाएर सफा गरेका छन् ।

    दुई सय ६० माइल अर्थात चार सय २० किलोमिटर माथि स्पेस वाक गरेर विलियम्सले महिला अन्तरिक्षयात्रीको रेकर्ड तोड्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । गएको जुनमा अन्तरिक्ष स्टेसनमा पुगेपछि यो जोडी एक हप्ता मात्रै बस्ने अपेक्षा गरिएको थियो । तर उहाँहरूको नयाँ अन्तरिक्षयान बोइङको स्टारलाइनर क्याप्सुलमा धेरै समस्या आएकाले नासाले त्यसलाई खाली फर्काउने निर्णय गरेको थियो । यसले उहाँहरु दुवै सेवानिवृत्त नौसेनाका कप्तान परीक्षण पाइलटहरु उतै अड्किनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८१ माघ १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट