logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • सीआईबीमा धनराजसँग ५ घण्टा बयान : ‘डिभोर्स’देखि मीनबहादुरको ऋणसम्म सोधपुछ

    712Shares
    सीआईबीमा धनराजसँग ५ घण्टा बयान : ‘डिभोर्स’देखि मीनबहादुरको ऋणसम्म सोधपुछ

    मितेरी सहकारी ठगीमा नाम जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार बयान कागज गराएको छ। बुधबार दिउँसो करिव ५ घण्टा उनीसँग बयान कागज गराइएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

    ‘मितेरी सहकारीको विषयमा उठेका प्रश्नका बारेमा उहाँसँग सोधखोज गरेको हो। उहाँले आफ्ना कुरा राख्नुभयो। हामीले जुन जुन विषय उठेका थिए, ती विषयमा के भएको हो भनेर सोध्यौँ’, एसपी बोगटीले भने।

    श्रीमती ज्योति गुरुङ व्यवस्थापक रहेको ललितपुरको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा धनराज गुरुङ पनि जोडिएका हुन्। ज्योतीले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। ज्योतिविरुद्ध सहकारीकै अध्यक्ष कुम्भराज गुरुङले समेत सीआईबीमा जाहेरी दिएका थिए।

    धनराजले भने ज्योतिसँग २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भइसकेको बताउँदै आएका छन्। तर सम्बन्ध विच्छेदपछि पनि धनराजले ज्योतिको नाममा रहेको सहकारीको ऋण समेत तिरेका थिए।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २९, बिहीबार ०१:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार