logo

२०८३ कार्तिक २० बिहीबार

logo
  • २०८३ कार्तिक २० बिहीबार
  • त्रिवि र हुलाक सेवाबीच सम्झौता : शैक्षिक प्रमाणपत्र अब विद्यार्थीको घरमै पुग्ने

    862Shares
    त्रिवि र हुलाक सेवाबीच सम्झौता : शैक्षिक प्रमाणपत्र अब विद्यार्थीको घरमै पुग्ने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सिधै विद्यार्थीको घरमै पुर्‍याइने भएको छ ।

    यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ । सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कागजात विद्यार्थीले उपलब्ध गराएको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत सुरक्षित रूपमा सम्बन्धित व्यक्तिसम्म पुर्‍याइनेछ ।

    २२ बुँदामा समेटिएको सम्झौतामा प्रमाणपत्र तथा अन्य चिठीपत्रको व्यवस्थित ढुवानी र वितरणका लागि हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित दर्ता गर्ने व्यवस्था गरिएको छ । यसबाट कागजातको अवस्थाबारे जानकारी लिन तथा निर्धारित ठेगानामा पुगे–नपुगेको अनुगमन गर्न सहज हुनेछ ।

    कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटीले विश्वविद्यालयका सेवालाई हुलाक सेवासँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्‍याउने लामो समयदेखिको योजना पूरा भएकोमा खुसी व्यक्त गरे ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट