logo

२०८३ कार्तिक २० बिहीबार

logo
  • २०८३ कार्तिक २० बिहीबार
  • भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

    775Shares
    भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै

    काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउने भएका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सम्भावित भारत भ्रमणका एजेन्डा तय गर्न विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन् ।

    परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्रीले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

    भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिश्रीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारतबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ । साथै, दुई देशबीचको सम्बन्धका विभिन्न आयामको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गरिनेछ ।

    भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ अधिकारी तथा विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट