काठमाडौँ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारले हालका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउँदै केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो।
केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत छन्।
मन्त्रिपरिषद् स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया