logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • मतदाता नामावली संकलनको समय थप गर्न आयाेगसँग प्रधानमन्त्री कार्कीकाे आग्रह

    1.1KShares
    मतदाता नामावली संकलनको समय थप गर्न आयाेगसँग प्रधानमन्त्री कार्कीकाे आग्रह

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छन् ।उनले कार्यवाहक प्रमुख आयुक्त भण्डारीलाई मतदाता नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न आग्रह गरेकी छन् । यसकाे बारेमा आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी आयुक्त भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई दिएका छन्।

    उनले शुक्रबार दिउँसो भण्डारीसँग फोनमा कुरा गर्दै मतदातामा नामावलीमा नाम लेखाउनेहरूको संख्या बढ्दै गएको र अनलाइनबाट भर्नेहरूको समेत लोड बढिरहेको भन्दै समय थप गर्न आग्रह गरेकी छन् ।राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि बिहीबारदेखि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ। यसैबीच प्रधानमन्त्री कार्कीले इन्टरनेट सर्भरमा देखिएको समस्याका विषयमा पनि चासो व्यक्त गरेकी छन् ।फागुन २१ गतेको निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावली दर्ता गर्ने समय तोकेको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट