logo

२०८३ श्रावण १० आईतवार

logo
  • २०८३ श्रावण १० आईतवार
  • एमाले–नेकपाबीच सातै प्रदेशमा संयुक्त सरकार गठन गर्ने तीनबुँदे सहमति, कार्यगत एकताको घोषणा

    760Shares
    एमाले–नेकपाबीच सातै प्रदेशमा संयुक्त सरकार गठन गर्ने तीनबुँदे सहमति, कार्यगत एकताको घोषणा

    काठमाडौं। नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्ने विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार सम्पन्न निर्णायक वार्तापछि भएको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।

    लामो समयदेखि जारी छलफलपछि दुवै दलले राजनीतिक कार्यगत एकता गर्दै प्रदेश सरकार गठनमा सहकार्य गर्ने निर्णय गरेका हुन्। सहमतिअनुसार प्रदेश सभामा देखिएका बजेट निर्माणसम्बन्धी असमझदारी, बजेटविहीनताको अवस्था तथा राजनीतिक प्रतिस्पर्धाका कारण उत्पन्न समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले संयुक्त रूपमा अघि बढ्ने जनाइएको छ।

    सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ।

    त्यसैगरी मधेश प्रदेश र गण्डकी प्रदेश मा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ।

    दुवै दलले प्रदेश सरकारहरूलाई प्रभावकारी, स्थिर र जनमुखी बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने, सुशासन प्रवर्द्धन गर्ने तथा प्रदेशस्तरमा देखिएका राजनीतिक र प्रशासनिक जटिलता समाधान गर्न संयुक्त रूपमा काम गर्ने निर्णय गरेका छन्।

    शनिबार भएको यो सहमतिलाई एमाले र नेकपाबीचको कार्यगत एकताको महत्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ। प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँटसँगै दुवै दलले आगामी राजनीतिक सहकार्यलाई संस्थागत गर्दै साझा एजेन्डाका आधारमा अघि बढ्ने संकेत गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट