logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • आज पनि प्रतिनिधिसभा बैठक, दुई विधेयक प्रस्तुत गरिँदै

    976Shares
    आज पनि प्रतिनिधिसभा बैठक, दुई विधेयक प्रस्तुत गरिँदै

    काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सांसदहरुले विशेष र शून्य समयमा समसामयिक विषयमा आआफ्नो धारणा राख्ने छन् ।

    बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ९पहिलो संशोधन० विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्ने छन् ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट