logo

२०८३ कार्तिक २२ शनिबार

logo
  • २०८३ कार्तिक २२ शनिबार
  • विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक, बिहान ९ बजे बस्ने

    904Shares
    विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक, बिहान ९ बजे बस्ने

    काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापन तथा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ।

    रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

    भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउने र आगामी दिनमा विपद् व्यवस्थापनका लागि आवश्यक तयारीबारे बैठकमा छलफल हुने जनाइएको छ।

    विपद्को सामना गर्न सबै राजनीतिक दल र सम्बन्धित पक्षबीच सहकार्य तथा समन्वय आवश्यक रहेको भन्दै रास्वपाले सर्वदलीय बैठक बोलाएको हो।

    बैठकमा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारका साथै विपद् व्यवस्थापनमा राज्यका संयन्त्रलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट