logo

२०८३ कार्तिक २१ शुक्रबार

logo
  • २०८३ कार्तिक २१ शुक्रबार
  • सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    838Shares
    सुनको मूल्य तोलामा ५ हजार ९ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रुपैयाँले घटेर २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट