logo

२०८३ श्रावण ५ मंगलवार

logo
  • २०८३ श्रावण ५ मंगलवार
  • भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

    1KShares
    भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

    भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न थप ३० जनालाई पक्राउ गरेको छ । स्वीप अपरेसन अभियान सञ्चालन गरेको भक्तपुर प्रहरीले आइतबार राति भक्तपुरका विभिन्न ठाउँबाट समूहमा बसेर होहल्ला गर्ने, शान्तिसुरक्षामा खलल गर्ने, लागूपदार्थ सेवन गर्ने, शंकास्पद गतिविधि देखाउने व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिस भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काले जानकारी दिए ।

    भक्तपुर प्रहरीले यसअघि शनिबार सोही प्रकृतिका गतिविधिमा संलग्न रहेको आरोपमा ६० जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा अवान्छित क्रियाकलापमा संलग्न नरहेको पाइएमा छाडिने जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट