logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • भन्सार विभागले एकैचोटि ५३ जना अधिकृतको काज सरुवा गर्यो (विवरणसहित)

    973Shares
    भन्सार विभागले एकैचोटि ५३ जना अधिकृतको काज सरुवा गर्यो (विवरणसहित)

    काठमाडौं (केशव भट्टराई)। भन्सार विभागले आफू मातहतका ५३ जना अधिकृतहरुको काज सरुवा गरेको छ । देशका विभिन्न भन्सार कार्यालयहरुमा तत्कालका लागि काज सरुवा गरिएको हो । असोज लागेपछि उनीहरुको काजलाई सरुवामा कन्भर्ट गरिने भएको छ ।

    श्याम भण्डारीले भन्सार विभागमा महानिर्देशक पदको जिम्मेवारी सम्हाल्नेवित्तिकै सुधारका संकेतहरु देखिन थालेका छन् । अहिले ५३ जनाको काज सरुवा गर्दा एकचोटी काम गरिसकेको ठाउँमा पुनः त्यो कार्यालयमा नपठाउने र अवधि नुपुगेकालाई सरुवा नगर्ने निती नै भन्सार कर्मचारी व्यवस्थापनमा सुधारको संकेतका रुपमा देखिएको छ ।

    महानिर्देशक भण्डारीको सन्तुलित सरुवाको प्रयास भन्सार वृत्तमा प्रशंसनीय काम देखिएको छ । संतुलित किसिमले सरुवा गर्नु भएछ नि भन्ने न्यूज नेपालको प्रश्नमा भण्डारीले भने, “सिस्टममा काम गर्ने प्रयास गरिएको छ । सिस्टम मिलाएर टिममा काम गरेपछि समस्या हुँदैन ।” हरेक काम टिममा गरेपछि काम सहज, प्रभावकारी, परिणाममुखी र सन्तुलित हृुने भण्डारीको विश्वास छ ।

    भण्डारीको टीममा उनीसँगै सरुवा भएर आएका उपमहानिर्देशक भरतमणि पाण्डे र पहिलेदेखि कार्यरत अमृत लम्साल उपमहानिर्देशकका रुपमा कार्यरत छन् । महानिर्देशक भण्डारीसहित तीनजनाको समूहले भन्सार क्षेत्रमा उल्लेखनीय सुधार गर्ने संकेत देखिएको छ । ५३ जनाको सरुवा गर्दा भण्डारीले केही व्यक्तिहरुको समूहलाई हालीमुहाली गर्न दिएनन् । यस्तै विगतमा डीजीहरुलाई धम्क्याउँदै गलत काम गर्न बाध्य बनाउने समूहसँग हालका डीजी भण्डारी असहमत भएपछि पद्धति बिर्गादै गैरकानुनी चलखेल गर्ने समूहलाई छटपटि भएको छ ।

    हालका महानिर्देशक भण्डारीसँग यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालयको विभिन्न महाशाखा, प्रदेशको अर्थसचिवलगायत निकायमा काम गरेको अनुभव छ । गहन अनुभवका कारण पनि महानिर्देशक भण्डारी कसैको उक्साहटमा नलागिकन भन्सारको कानुनअनुसार चल्ने देखिन्छ । उपनिर्देशक पाण्डे पनि भैरहवा, कास्की र भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका व्यक्ति हुन् । पाण्डेको अनुभव पनि विभागले गर्ने कामका लागि प्रभावकारी हुने विश्वास गरिएको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र १२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट