logo

२०८३ जेष्ठ १ शुक्रबार

logo
  • २०८३ जेष्ठ १ शुक्रबार
  • सुनको भाउ उच्च मूल्यबाट तीन हजार नौ सय रुपैयाँले घट्यो

    985Shares
    सुनको भाउ उच्च मूल्यबाट तीन हजार नौ सय रुपैयाँले घट्यो

    काठमाण्डौ । सुनको भाउ आज उच्च मूल्यबाट एकैदिन तीन हजार नौ सय रुपैयाँले घटेको छ । सुनको भाउ तीन हजार नौ सय रुपैयाँले घटेर तोलाको एक लाख ७६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ८० हजार तीन सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको थियो । हप्ताको पहिला दिन आइतवार सुनको भाउ तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ रहेको थियो । सुनको भाउ हप्ताको पहिलो दिन र अन्तिम दिनको तुलना गर्दा चार सय रुपैयाँले घटेको हो ।

    त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ एक सय २५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार नौ सय ९५ रुपैयाँमा कायम भएको थियो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट