काठमाडौं, जापानी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। बाढीका कारण पाँच जना जापानी नागरिक बेपत्ता भएको खबरले आफूलाई गम्भीर चिन्तित बनाएको उनले बताएकी छन्।
सामाजिक सञ्जाल एक्समार्फत ताकाइचीले बाढीबाट प्रभावित नेपाल सरकार र नेपाली जनताप्रति समवेदना व्यक्त गरेकी छन्। स्थानीय सञ्चारमाध्यममा पाँच जना जापानी नागरिक बेपत्ता भएको समाचार आएको उल्लेख गर्दै उनले उनीहरूको अवस्थाबारे आफू चिन्तित रहेको बताएकी हुन्।
ताकाइचीका अनुसार नेपालस्थित जापानी दूतावासले ती पाँचै जनासँग सम्पर्क स्थापित गर्ने निरन्तर प्रयास गरिरहेको छ। उनीहरूको खोजीमा सहयोग गर्नसमेत दूतावासले आग्रह गरेको उनले जानकारी दिएकी छन्।
जापानी प्रधानमन्त्रीले ती नागरिकको अवस्थाबारे जानकारी भएका व्यक्तिलाई नेपालस्थित जापानी दूतावासमा खबर गरिदिन अपिल गरेकी छन्। जापानको समयअनुसार बिहान ३ः३० बजेसम्म नेपालमा सञ्चार अवस्थाबारे आफूलाई पूर्ण जानकारी नभएको उल्लेख गर्दै उनले सम्बन्धित क्षेत्रमा रहेका व्यक्तिसँग सहयोगको आग्रह गरेकी हुन्।
नेपालमा आएको बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला जापान सरकारले आफ्ना नागरिकको अवस्थाबारे चासो देखाएको हो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया