logo

२०८३ आश्विन २४ शनिबार

logo
  • २०८३ आश्विन २४ शनिबार
  • मनिष कोइराला नेपाल तरुण दलको अध्यक्ष नियुक्त

    1.2KShares
    मनिष कोइराला नेपाल तरुण दलको अध्यक्ष नियुक्त

       काठमाडौं । नेपाली कांग्रेसले युवा नेता मनिष कोइरालालाई नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा नियुक्त गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष बिद्वान गुरुङले राजीनामा दिएपछि कांग्रेसले कोइरालालाई नयाँ नेतृत्वको जिम्मेवारी दिएको हो।

    काठमाडौं क्षेत्र नं. २ बाट सक्रिय राजनीति गर्दै आएका कोइराला नेपाली कांग्रेसभित्र उदाउँदा युवा नेताका रूपमा परिचित छन्। उनी कांग्रेस सभापति गगन थापा निकट मानिन्छन्।


    पार्टी स्रोतका अनुसार कोइरालाको नेतृत्वमा अब छिट्टै महाधिवेशन गराउने उद्देश्यसहित सानो आकारको तदर्थ समिति गठन गरिनेछ। नयाँ कार्यसमितिमा तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूले आगामी महाधिवेशनमा उम्मेदवार बन्न नपाउने प्रावधानसहित समिति निर्माणको तयारी भइरहेको बताइएको छ।

    लामो समयदेखि विद्यार्थी राजनीति तथा पार्टीका विभिन्न तहमा सक्रिय रहँदै आएका कोइरालाको नियुक्तिलाई तरुण दलभित्र नयाँ ऊर्जा थप्ने कदमका रूपमा हेरिएको छ। कांग्रेस वृत्तमा उनको नेतृत्वले युवापुस्तालाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    अध्यक्ष नियुक्तिपछि कोइरालाले संगठनलाई देशभरका युवाहरूको भरोसाको केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने,
    “यो कांग्रेसी युवाहरूको संगठन हो। यसलाई देशैभरका युवाहरूको आशा र भरोसाको आकर्षक संगठन बनाउने काम गर्छु।”



    फास्ट न्युज    
  • २०८३ बैशाख २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट