logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • यूएईद्वारा ओमान ५४ रनले पराजित, लिग–२ मा प्रभावशाली जित

    709Shares
    यूएईद्वारा ओमान ५४ रनले पराजित, लिग–२ मा प्रभावशाली जित

    काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत जारी सिरिजमा युएईले ओमानलाई ५४ रनले पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा यूएईले दिएको ३०९ रनको लक्ष्य पछ्याएको ओमान ४७ ओभरमा अलआउट हुँदै २५४ रनमा सीमित भयो । ओमानका लागि जितेन रामानन्दीले अविजित ९१ रन बनाउँदा हमाद मिर्जाले ८३ रनको योगदान दिए ।

    यसअघि पहिले ब्याटिङ गरेको यूएईले ४७ ओभरमा ८ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो । यूएईका लागि हरर्प्रित सिंहले ७७, मुहम्मद शहजादले ७४, अदीब उस्मानीले ७२ तथा अर्यांश शर्माले ५० रन जोडे ।

    यस जितसँगै यूएईले २४ खेलबाट १४ अंक जोडेको छ तर अंक तालिकाको पुछारमै रहेको छ । यता ओमान भने २७ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा कायम छ ।

    अब सिरिज अन्तर्गत नेपाल  र ओमानबीचको खेल मंगलबार हुने तालिका छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार