काठमाडौं, शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकी रहेका छन्। काठमाडौं महानगरपालिका–१० शंखमुलस्थित उक्त होस्टलमा बस्दै आएका कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रहार गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, घटनापछि फरार रहेका प्रमित पटेलको खोजी भइरहेको छ। घटनाको कारण तथा झगडाको विस्तृत विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया