logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

    1.3KShares
    नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

    काठमाडौं । काठमाडाैं सम्पन्न नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचनबाट फुरगेल्जे शेर्पा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।

    आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले तीन सय ४२ मत ल्याउनुभयो भने गुरुङले दुई सय ८८ मत प्राप्त गर्नुभयो । वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा निर्वाचित हुनुभएको छ । सचिवमा चन्दन थापा विजयी हुनुभएको छ भने कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गर्नुभएको छ ।

    त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट