logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    733Shares
    सुनसरी गोलीकाण्ड छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन

    काठमाडौँ । सुनसरीमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ।

    गृह मन्त्रालयका प्रवक्ता अनन्त काफ्लेका अनुसार मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

    यसैबीच, गृहमन्त्री सुधन गुरुङले सोमबार बिहान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका प्रमुख एवं आईजीपी नारायणदत्त पौडेललाई सिंहदरबार बोलाई घटनाबारे जानकारी लिएका छन्। घटनाको अवस्थाबारे उनीहरूबीच छलफल जारी रहेको प्रहरी उच्च स्रोतले जनाएको छ।

    आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सो क्रममा दुवै सुरक्षा निकायबाट गोली चलाइएको थियो।

    प्रहरीको गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अन्य केही व्यक्ति पनि घाइते भएका छन्। घटनाको वास्तविक कारण र गोली चलाउनुपर्ने अवस्थाबारे छानबिन समितिले अनुसन्धान गर्नेछ।



    फास्ट न्युज    
  • २०८३ श्रावण ११, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट