काठमाडौं । निर्वाचन आयोगमा जेनजी युवाले नाराबाजी गरेका छन् । जेनजीको माग पूरा गर्न माग गर्दै युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् ।
उनीहरुले निर्वाचन धोका हो भन्दै नाराबाजी गरिरहेका छन् । निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै युवाहरुले ‘निकास अनि निर्वाचन’ भन्दै नाराबाजी गरिरहेका छन् ।
जेनजी हत्याराहरुलाई कारबाहीको माग गर्दै उनीहरुले निर्वाचन बहिष्कार गर्ने बताएका छन् । आयोग परिसरभित्रै प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया