logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • विशेष महाधिवेशनको नाटक गर्दै केन्द्रीय सदस्यहरुको बहुमत तयारी- देउवा हटाएर आयोग जाँदै

    1.5KShares
    विशेष महाधिवेशनको नाटक गर्दै केन्द्रीय सदस्यहरुको बहुमत तयारी- देउवा हटाएर आयोग जाँदै

    काठमाडौं । विद्रोही विशेष महाधिवेशन पक्षधरहरु भृकुटीमण्डपमा विशेष महाधिवेशनको नाटक गरिरहेपनि भित्रभित्रै अर्कै खेलमा लागिरहेको छ। नेपाली कांग्रेसको महामन्त्रीहरु गगन थापा र बिश्व प्रकाश शर्माको नेतृत्वमा पुस २७ र २८ गत्ते भनेर बिशेष महाधिवेशन आयोजना भैरहे पनि पार्टी फुटको भित्री रहस्य कसैले बुझेका छैनन्।

    भेलामा उपस्थित हजारौ कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरु नयाँ  नेतृत्व छनौट हुने भनेर उत्साहित देखिएपनि नयाँ नेतृत्व संगै पार्टी फुट्ने कुरामा बेखवर छन्। सुचना र षड्यन्त्र यति गोप्य छ कि हस्ताक्षर गर्ने केही केन्द्रीय सदस्यहरु नै के प्रयोजनका लागि हस्ताक्षर गरे भन्ने पनि मेसो पाई रहेका छैनन। हस्ताक्षर गर्ने मध्यका एक केन्द्रीय सदस्यले भने ” खै मलाई यहाँ सहि गर्नुस, कारण पछि वताउला भनेर एक्स्ट्रा पेपरमा हस्ताक्षर गराए।”   अहिले सम्म गोप्य हस्ताक्षर ६७ जनाको भैसकेको एक सुत्रले जानकारी दिए। नेपाली कांग्रेसको फुटमा आन्तरिक मात्र नभएर अन्य शक्तिहरु पनि एक्सरसाईज गरिरहेको अनुमान लगाउन सकिन्छ ।

    देउवा समुहमा बिस्वासिलो रहेका उदय शमशेर राणा र विनोद चौधरी जस्ता केन्द्रीय सदस्यहरु विशेष महाधिवेशनको पक्षमा खुल्नुलाई रहस्य पुर्ण रुपमा हेरिएको छ। हिजो २७ गत्ते गोर्खा वाट प्रतिनिधि सभा सदस्य भएका निवर्तमान सांसद राजेन्द्र बजगाई रातको समयमा विशेष महाधिवेशन स्थल जानू अर्को रहस्यमय देखिएको कांग्रेस बृतमा चर्चा चलिरहेको छ।

    विशेष पक्षधरहरुमा केन्द्रीय सदस्यहरु बढ्नुको कारण संस्थापन पक्ष भित्र असन्तुष्ट रहेका नेताहरु पनि बदलाको समय यहि हो भनेर गुट फेर्नुपनि एक हो। यस्तै असन्तुष्टि बोकेर पुराना नेता गोपालमान श्रेष्ठ , ओमकार श्रेष्ठ र चीनकाजि श्रेष्ठ कित्ता परिवर्तन गर्नु पनि हो।



    फास्ट न्युज    
  • २०८२ पुष २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट