logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

    880Shares
    पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै

    काठमाडौँ । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस आज नोभेम्बर २ मा विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०२६ को यस दिवसको नारा ‘धम्कीका स्वरूप फेरिँदै छन्, दण्डहीनता कायमै छ’ रहेको छ ।

    यस वर्ष पत्रकारहरूले सामना गरिरहेका नयाँ तथा बदलिँदा जोखिमलाई दिवसको मुख्य विषय बनाइएको छ । डिजिटल माध्यमबाट हुने दुर्व्यवहार, धम्की, साइबर निगरानी, व्यक्तिगत विवरण सार्वजनिक गर्ने कार्य, मनपरी पक्राउ, पत्रकारलाई दबाब दिन दायर गरिने मुद्दा तथा अनलाइन हिंसाले प्रेस स्वतन्त्रतामाथि चुनौती थपिरहेका छन् । विशेषगरी महिला पत्रकार यस्ता अनलाइन हिंसाको बढी जोखिममा पर्ने गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१३ डिसेम्बर १८ मा प्रस्ताव पारित गर्दै नोभेम्बर २ लाई पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१३ नोभेम्बर २ मा मालीमा हत्या गरिएका दुई फ्रान्सेली पत्रकार क्लाउड भेर्लोन र घिसलेन डुपोँको स्मृतिमा यो मिति छनोट गरिएको हो ।

    विश्वभर पत्रकारको हत्यासम्बन्धी करिब ८५ देखि ८६ प्रतिशत घटनामा दोषीले सजाय पाउन सकेका छैनन् । द्वन्द्वग्रस्त क्षेत्रमा यस्तो दण्डहीनताको अवस्था झन्डै शतप्रतिशत पुग्ने गरेको छ ।

    पत्रकारविरुद्ध हुने अपराधका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, प्रेस स्वतन्त्रताको रक्षा गर्न तथा पत्रकारको सुरक्षा सुनिश्चित गर्न विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम र नीतिगत छलफल आयोजना गरी यो दिवस मनाइँदैछ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट