logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • काठमाडौँ हरर फिल्म फेस्टको दोस्रो संस्करण आज समापन हुँदै

    787Shares
    काठमाडौँ हरर फिल्म फेस्टको दोस्रो संस्करण आज समापन हुँदै

    काठमाडौँ । प्रत्येक वर्ष अक्टोबर ३१ मा मनाइने अन्तर्राष्ट्रिय पर्व ‘हालोविन’को अवसर पारेर आयोजना गरिएको ‘काठमाडौँ हरर फिल्म फेस्ट’को दोस्रो संस्करण आज समापन हुँदैछ।

    नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको तीनदिने महोत्सवमा नेपालसहित विश्वका विभिन्न देशका हरर तथा अन्य विधाका फिल्म प्रदर्शन भइरहेका छन्।

    हरर विधामा निर्माण गरिएका फिल्मलाई उत्सवका रूपमा मनाउँदै नेपालमा विधागत फिल्म निर्माणको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष केपी पाठकले जानकारी दिए।

    ‘नेपालमा हरर विधाका दर्शक छन्, तर निर्देशकहरूले यस विधालाई आफ्नो प्राथमिकतामा कमै राखेको पाइन्छ। यस्ता महोत्सवले दर्शकको मनोविज्ञान र रुचि बुझ्न प्रभावकारी भूमिका खेल्ने भएकाले गत वर्षदेखि यसको सुरुआत गरेका हौँ। दर्शकको सहभागिता पनि बढ्दो छ’, अध्यक्ष पाठकले भने।

    लेबनानी निर्देशक नादिम ताबेत निर्देशित फिल्म ‘इन दिस डार्कनेस आई सी यू’ प्रदर्शनसँगै सुरु भएको महोत्सवमा विभिन्न देशका फिल्म प्रदर्शन गरिएका छन्।

    अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन, दर्शकको सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत फिल्मको उपस्थिति बलियो बनाउनुका साथै फिल्मकर्मी र दर्शकका लागि नयाँ अवसर सिर्जना गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

    तीन दिनसम्म सञ्चालन भएको महोत्सव आज (कात्तिक १५) औपचारिक कार्यक्रमसहित बेलुकी समापन गरिनेछ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट