logo

२०८३ कार्तिक १८ मंगलवार

logo
  • २०८३ कार्तिक १८ मंगलवार
  • ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म

    763Shares
    ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न, ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म

    काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर तथा अन्य विधागत फिल्म प्रदर्शन गरिएको महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

    मोराद मुस्तफाद्वारा निर्देशित फिल्म ‘आयशा कान्ट फ्लाई अवे’ प्रदर्शनसँगै महोत्सव समापन भएको हो । समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्वमन्त्री गणेश शाह र नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकलगायतको उपस्थिति थियो ।

    महोत्सवको प्रतिस्पर्धात्मक विधाअन्तर्गत १८ छोटा फिल्ममध्ये दर्शकको मतका आधारमा आकाश धिमाल निर्देशित नेपाली फिल्म ‘केएनएआर’ उत्कृष्ट छोटो फिल्म घोषित भएको छ ।

    त्यस्तै, प्रतिस्पर्धामा रहेका ६ फिचर फिल्ममध्ये नादिम ताबेत निर्देशित ‘इन दिस डार्कनेस आई सी यू’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ । फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण रहेको उक्त फिल्मले दर्शकको मतका आधारमा अवार्ड जितेको हो ।

    सन् २०२५ मा २५ फिल्म प्रदर्शन गर्दै सुरु भएको महोत्सवको यस वर्षको संस्करणका लागि अन्तर्राष्ट्रिय खुला आह्वानमार्फत २१ देशका २६ फिल्म छनोट भएका थिए । छनोट भएका फिल्ममध्ये आठ फिचर र १८ छोटा फिल्म थिए । तीमध्ये पाँच फिल्म नेपाली निर्माण वा सह–निर्माणमा बनेका थिए ।

    महोत्सवका अध्यक्ष केपी पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा हरर तथा विधागत फिल्मप्रति उल्लेख्य रुचि रहेको प्रमाणित गरेको बताए । हरर फिल्मले फिल्मकर्मीलाई लोककथा, समाज र पहिचानजस्ता विषयलाई फरक ढंगले प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो ।

    आगामी दिनमा पनि नेपाली फिल्मकर्मीलाई विधागत कथावाचनका लागि थप अवसर प्रदान गर्ने आयोजकले प्रतिबद्धता व्यक्त गरेका छन् ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट