logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट

    949Shares
    साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट

    काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ ।

    यो सहित लगातार पाँचौं दिन बजार घटेको छ । आज बजार खुलेदेखि कुनै पनि समय हरियो हुन सकेन ।बजारको अंक घटे पनि कारोबार रकम उस्तै छ । अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोडको भयो । कुल २४ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने २ को स्थिर रह्यो ।

    यस दिन सबै सेक्टर घटेका छन् । अन्य सेक्टर सबैभन्दा धेरै २.६९ प्रतिशत घट्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमाको मूल्यमा आएको करेक्सनले समग्र सेक्टरलाई बढी प्रभाव पार्‍यो ।

    बैंकिङ १.३६, विकास बैंक १.७१, फाइनान्स १.८७, हाइड्रोपावर १.६६, लगानी २.४९, जीवन बीमा १.७४, उत्पादन ०.९१, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा १.२६, अन्य २.६९ तथा व्यापार ०.८१ प्रतिशत घटे ।

    गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । बढेका अरु कम्पनीको वृद्धिदर ४ प्रतिशतभन्दा न्यून रह्यो ।

    उपकार लघुवित्त र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । राप्ती हाइड्रोपावरको ९.८७, समाज लघुवित्तको ७.२८ तथा सगरमाथा जलविद्युतको मूल्य ५.२८ प्रतिशत घट्यो ।हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब १२ करोडको कारोबार भयो । कम्पनीको मूल्य भने २.५२ अंक घट्यो । त्यसपछि कारोबारका आधारमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार