logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

    979Shares
    आयल निगमले घटायो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ ।निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

    मूल्य घटेसँगै पेट्रोलको भाउ पहिलो वर्ग चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा एक सय ६० रुपैयाँ पर्नेछ ।

    त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ४७ रुपैयाँ र तेस्रो वर्गमा एक सय ४८ रुपैयाँ पर्नेछ । इन्डियन आयल कर्पोरेसशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ असार ३२, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट