logo

२०८३ मंसिर ८ सोमबार

logo
  • २०८३ मंसिर ८ सोमबार
  • धर्मको विषयमा कांग्रेस नेताहरू अनावश्यक अलमलमा छन् : विमलेन्द्र निधि

    712Shares
    धर्मको विषयमा कांग्रेस नेताहरू अनावश्यक अलमलमा छन् : विमलेन्द्र निधि

    रुपन्देही । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वउपसभापति विमलेन्द्र निधिले धर्मको विषयलाई लिएर कांग्रेस नेताहरू अनावश्यक अलमलमा परेको बताएका छन्।
    नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्यसमितिको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिले धर्मका विषयमा भइरहेको बहस र विवाद आवश्यक नभएको बताएका हुन्।

    कांग्रेसकै नेतृत्वमा संविधानसभामार्फत निर्माण भएको नेपालको संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरिसकेको उल्लेख गर्दै उनले अहिले त्यसलाई परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको धारणा राखे।

    संविधानमा स्पष्ट व्यवस्था भइसकेको विषयलाई लिएर पार्टीभित्र अनावश्यक बहस र लबिङ गर्नु उचित नभएको उनको भनाइ थियो।



    फास्ट न्युज    
  • २०८३ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट