चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको हो ।
प्रशासनका अनुसार अर्को सूचना जारी नभएसम्म सडक बन्द रहनेछ ।
सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको हो ।
प्रशासनले २०८३ मंसिर ५ गतेदेखि दैनिक पाँच घण्टा सडक बन्द गरी जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य सुरु गरिने जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा उक्त समयावधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने उल्लेख छ ।
सडक बन्द रहने समयमा सबै प्रकृतिका सवारीसाधनको आवागमन रोक लगाइनेछ । प्रशासनले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया