logo

२०८३ आश्विन २३ शुक्रबार

logo
  • २०८३ आश्विन २३ शुक्रबार
  • सहकारीमा कांग्रेसका ठूलै नेता भएपनि पाता कसेर अनुसन्धान गर्नुपर्छ: गगन थापा

    1KShares
    सहकारीमा कांग्रेसका ठूलै नेता भएपनि पाता कसेर अनुसन्धान गर्नुपर्छ: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुन सबैलाई बराबर हुने भएकाले कांग्रेसको ठूलै नेता सहकारी ठगीमा देखिए पनि अनुसन्धानका लागि पाता कसेर लानुपर्ने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई बैठकको बेला पनि आफूले भनिरहेको सुनाउँदै थापाले भने, ‘यदि कांग्रेसको नेता, पदाधिकारी, कहीकतै अनुसन्धानले देखाउँछ भने पाता कसेर लैजानू ।’

    मंगलबार मकवानपुरमा भएको कार्यक्रममा बोल्दै थापाले गल्ति गरेको भए आफूलाई पनि पाता कसेर लगे हुने बताएका छन् । जसले ठगि गरेको उही दण्डित हुनुपर्ने र अरुले झण्डा लिएर बचाउमा उत्रन नहुने थापाले बताए ।थापाले भने, ‘सहकारीको पैसा लगेर महिना आठ/दश लाख रुपैयाँ तलब खाएर लुटपाट गर्‍यो भने प्रहरीले के गर्छ ? हाम्रो बोलिचालिको भाषामा पाता फर्काएर लिएर जान्छ । त्यही होइन कानुनको शासन भनेको ?’कांग्रेस, एमालेसँगै माओवादीलाई पनि बोलाएर भ्रष्टचारका फाइलहरू खोल्न लाग्नुपर्ने उनले प्रस्ताव राखे ।



    फास्ट न्युज    
  • २०८१ पुष १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट