logo

२०८३ मंसिर १० बुधबार

logo
  • २०८३ मंसिर १० बुधबार
  • आजको मौसम: देशका अधिकांश स्थानमा मौसम सफा रहने

    775Shares
    आजको मौसम: देशका अधिकांश स्थानमा मौसम सफा रहने

    काठमाडौं । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

    आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।

    त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

    महाशाखाका अनुसार भोलि बिहान काठमाडौं उपत्यकासहित विभिन्न उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि हुस्सु तथा कुहिरो लाग्न सक्ने अनुमान गरिएको छ। देशका अन्य तराई भूभागका थोरै स्थानमा समेत हुस्सु र कुहिरो देखिन सक्नेछ।

    बिहानको समयमा लाग्ने हुस्सु तथा कुहिरोका कारण सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।



    फास्ट न्युज    
  • २०८३ मंसिर १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट