काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको १५औं महाधिवेशन आगामी वैशाख महिनाको अन्तिम साता गर्ने प्रस्ताव अघि सारेको छ।
सोमबार नयाँ बानेश्वरमा बसेको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले महाधिवेशन २५ देखि २८ वैशाखसम्म सञ्चालन गर्ने प्रस्ताव गरेको र उक्त प्रस्तावलाई भोलि बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको हो।
यसअघि संस्थापन इतर नेताहरूले भने प्रतिनिधिसभा निर्वाचन अघि नियमित वा विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन्। उनीहरूले यसका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।
भेलाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका सबै तहलाई सक्रिय रहन आह्वान गर्ने निर्णय पनि गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया