logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • कमलपोखरी ग्याँस सिलिन्डर विस्फोट अपडेट: घाइते सबैलाई बर्न अस्पताल कीर्तिपुर लगियो

    919Shares
    कमलपोखरी ग्याँस सिलिन्डर विस्फोट अपडेट: घाइते सबैलाई बर्न अस्पताल कीर्तिपुर लगियो

    काठमाडौं । कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा घाइते भएका सबै ११ जनालाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको छ ।हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार घाइतेहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने अरु १० जनाको अवस्था सामान्य छ ।विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।आज बिहान पौने नौ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर पड्किएको थियो । सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् ।

    स्थानीयका अनुसार ठूलो आवाजका साथ विस्फोट भएलगत्तै प्रहरीका गाडी र एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए । उद्धारमा प्रहरीवृत्त मालीगाउँबाट प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमाण्डमा टोली खटिएको थियो । प्रहरी र स्वास्थ्यकर्मीहरुले घाइतेहरुलाई सुरुमा नजिकै रहेको हिमाल अस्पतालमा पुर्‍याएका थिए । तर पछि सबै घाइतेलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको हो ।



    फास्ट न्युज    
  • २०८१ माघ २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट