logo

२०८३ भाद्र १३ शनिबार

logo
  • २०८३ भाद्र १३ शनिबार
  • रसुवा बाढीमा मृतकको संख्या ४६९ पुग्यो, चितवनमा मात्रै १७८ शव फेला

    727Shares
    रसुवा बाढीमा मृतकको संख्या ४६९ पुग्यो, चितवनमा मात्रै १७८ शव फेला

    काठमाडौं, रसुवा केन्द्रबिन्दु भएर आएको बाढीपहिरोमा परी ८ जिल्लामा ४६९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्म जारी गरेको बुलेटिनअनुसार विभिन्न जिल्लामा खोज तथा उद्धारका क्रममा ४६९ जनाको शव फेला परेको हो।

    प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा १७८ वटा फेला परेका छन्। त्यस्तै नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७ र धादिङमा ३३ जनाको शव फेला परेको छ।

    यसैगरी तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको प्रहरी बुलेटिनमा उल्लेख छ।

    शुक्रबार बिहान ७ बजेसम्मको विवरणअनुसार बाढीपहिरोबाट प्रभावित आठ जिल्लामा फेला परेका शवको संख्या ४६९ पुगेको हो। प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट