logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • युद्ध चर्किएपछि विराटनगरका मेयरलार्ई इजरायलबाट फर्कन समस्या

    1.1KShares
    युद्ध चर्किएपछि विराटनगरका मेयरलार्ई इजरायलबाट फर्कन समस्या

    विराटनगर । इजरायलको भ्रमणमा रहेका विराटनगर महानगरका मेयर नागेश कोइराला इरान र इजरायलबीचको युद्ध चर्किएपछि इजरायलमा फसेका छन् । इजरायलमा विकास भएको खेती प्रणालीको अवलोकन गर्न सात दिन अघि इजरायल पुगेका मेयर नागेश कोइराला युद्धका कारण इजरायलमा फसेका हुन् ।

    उनी इजरायलको राजधानी भन्दा ३० किलोमिटर पर सेफाइ भन्ने सहरमा रहेका छन् । इजरायल सरकारको निम्तोमा उनी इजरायल गएको उनको सचिवालयले जनाएको छ । कोइराला जुन २० मा फर्कने कार्यक्रम थियो ।

    इरानसँग युद्ध चर्किएपछि नेपाल फर्कन अनिश्चित भएको मेयर कोइरालाले बताए । उनका अनुसार उनी इजरायलको सहकारी अभ्यासबारे अध्ययनका लागि इजरायली निम्तोमा सात दिन अघि त्यहाँ पुगेका थिए । सो कार्यक्रममा इजरायल पुग्ने कोइराला एक्ला नेपाली सहभागी हुन् । उनले फिलिपिन्स लगायतका देशबाट अन्य सहभागी कार्यक्रममा गएको बताए ।

    युद्ध चर्किएपछि अहिले इजरायलका विमानस्थलहरू बन्द रहेका छन् । विमानस्थल बन्द भएका कारण नेपाल फिर्ती अनिश्चित बनेको मेयर कोइरालाले बताए । केही दिनयता इजरायल र इरानबिच आक्रमण र प्रत्याक्रमण चल्न थालेपछि उनीसहित त्यहाँ पुगेका विश्वका विभिन्न देशका जनप्रतिनिधिहरू बङ्करमा लुक्दै बस्न बाध्य भएका छन् ।

    मेयर कोइरालाले आफू सेफाइ भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन् । कोइरालाले आफू सहितको टोलीमा फिलिपिन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधिहरू रहेको बताए ।
    यहाँ बेलाबेला साइरन बजिरहँदो रहेछ’, कोइरालाले भने ‘इरानले बम या अरू कुनै आक्रमण गर्न लाग्दा साइरन बजेपछि डेढ मिनेटभित्र बङ्करभित्र छिरिसक्नुपर्ने रहेछ ।



    फास्ट न्युज    
  • २०८२ असार २, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट