logo

२०८३ भाद्र १२ शुक्रबार

logo
  • २०८३ भाद्र १२ शुक्रबार
  • रसुवाको भोटेकोशी बाढीपछि दुई पत्रकार बेपत्ता, खोजीका लागि महासंघको आग्रह

    706Shares
    रसुवाको भोटेकोशी बाढीपछि दुई पत्रकार बेपत्ता, खोजीका लागि महासंघको आग्रह

    काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि दुई पत्रकार सम्पर्कविहीन भएका छन्। नेपाल पत्रकार महासंघले उनीहरूको अवस्था पत्ता लगाई खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।

    महासंघका अनुसार राष्ट्रिय दलित पत्रकार संघ, नुवाकोटका अध्यक्षसमेत रहेका पत्रकार राजकुमार नेपाली बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनी समाचार संकलनका सिलसिलामा रसुवाको भोटेकोशी क्षेत्रतर्फ गएको बताइएको छ।

    त्यस्तै, नयाँ पत्रिकासँग आबद्ध तथा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी पनि केरुङ जाने क्रममा बेपत्ता भएका छन्। समाचार संकलनका लागि केरुङतर्फ जाँदै गरेका थामी बिहान ८ बजेर २१ मिनेटमा टिम्मुरे पुगेका थिए। त्यसको करिब १९ मिनेटपछि अर्थात् ८ बजेर ४० मिनेटमा भोटेकोशीमा आएको भीषण बाढीपछि उनी सम्पर्कविहीन बनेका हुन्।

    बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा ठूलो क्षति पुगेको छ। घटनापछि उक्त क्षेत्रमा आवतजावत तथा सञ्चारसम्पर्कसमेत प्रभावित भएको बताइएको छ।

    नेपाल पत्रकार महासंघले दुवै पत्रकारको अवस्था तत्काल पत्ता लगाउन खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग आग्रह गरेको छ।

    महासंघले पत्रकार नेपाली र थामीको सुरक्षित उद्धारका लागि आवश्यक पहल गर्नसमेत अनुरोध गरेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट