logo

२०८३ भाद्र १२ शुक्रबार

logo
  • २०८३ भाद्र १२ शुक्रबार
  • बाढीपीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने

    712Shares
    बाढीपीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने

    काठमाडौं — सरकारले रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित व्यक्ति तथा व्यवसायिक संस्थाका लागि सहुलियत र पुनर्स्थापनाको व्यवस्था गर्न ‘बिजनेस रिकभरी प्याकेज’ तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

    त्यस्तै, भारत सरकारसँग जीटूजी माध्यमबाट २५ हजार मेट्रिकटन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ ।

    यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढीपीडितका लागि आफ्नो एक महिनाको पारिश्रमिक दिने घोषणा गरेका थिए ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट