logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पेशीमा

    850Shares
    रविको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतको पेशीमा

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको पेशी सोमबारलाई तोकिएको हो ।

    अधिवक्ता युवराज सफलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धमा रिट दायर गरेका हुन् । अधिवक्ता सफलले लामिछानेविरुद्ध मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता दीनमणि पोखरेलको निर्णय कानूनविपरीत रहेको भन्दै २०७९ चैत २० गते रिट दायर गरेका थिए ।

    सोमबारका लागि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी तोकिएको हो । पेशी १२ औं नम्बरमा रहेकाले सोमबार नै सुनुवाइ हुने वा नहुने भने टुंगो लागिसकेको छ ।



    फास्ट न्युज    
  • २०८२ माघ १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट