logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • पालिका उपचुनावः अहिलेसम्म ३४ वटा पदको नतिजा सार्वजनिक

    1KShares
    पालिका उपचुनावः अहिलेसम्म ३४ वटा पदको नतिजा सार्वजनिक

    काठमाडौं । पालिकाका रिक्त विभिन्न ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३४ वटा पदको नतिजा सार्वजनिक भएको छ । दुई अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्ष र ३० वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।

    गाउँपालिकाका दुई अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी हुनुभएको छ । यसअघि २०७९ को चुनावमा दुवै गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको थियो ।

    यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी हुनुभएको छ । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो । यसअघि कांग्रेसले नै जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी हुनुभएको छ ।

    नतिजा सार्वजनिक भएका ३० वडाध्यक्षमध्ये कांग्रेसले १५, एमालेले ५, माओवादी केन्द्रले ४, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् । अब एक मेयर, तीन उपाध्यक्ष र तीन वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।

    कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । हुम्लाको सर्केगाड र रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा भएको चुनावको मतगणना शुरू हुँदैछ । उपाध्यक्षकै लागि चुनाव भएको अर्को ठाउँ दोलखाको गौरीशंकर गाउँपालिकामा दिउँसो मात्रै मतगणना गर्ने तयारी छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट