logo

२०८३ भाद्र १२ शुक्रबार

logo
  • २०८३ भाद्र १२ शुक्रबार
  • भोटेकोसी–त्रिशूली बाढीबारे मौसम विभागको प्रारम्भिक प्रतिवेदन सार्वजनिक, घटनाअघि नै भारी वर्षाको पूर्वानुमान

    703Shares
    भोटेकोसी–त्रिशूली बाढीबारे मौसम विभागको प्रारम्भिक प्रतिवेदन सार्वजनिक, घटनाअघि नै भारी वर्षाको पूर्वानुमान

    काठमाडौं, जल तथा मौसम विज्ञान विभागले भदौ १० गते भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीसम्बन्धी मौसमको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ। विभिन्न स्रोतबाट प्राप्त मौसमसम्बन्धी सूचना तथा जानकारीका आधारमा विभागले उक्त प्रतिवेदन तयार पारेको जनाएको छ।

    प्रतिवेदनअनुसार बाढी आउनुअघि नै मौसम पूर्वानुमानमार्फत पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षाको सम्भावनाबारे जानकारी दिइएको थियो।

    विभागले घटना हुनुभन्दा अघिल्लो रात २०८३ भदौ ९ गते मंगलबार बेलुका ६ बजे जारी गरेको मौसम पूर्वानुमानमा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना औंल्याएको थियो।

    त्यसैगरी, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको प्रतिवेदनमा जनाइएको छ।

    बाढी आएको दिन भदौ १० गते बुधबार बिहान ६ बजे जारी गरिएको मौसम पूर्वानुमानमा पनि कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बताइएको थियो।

    बिहानको पूर्वानुमानमा वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत औंल्याइएको विभागले जनाएको छ।

    विभागले विभिन्न स्रोतबाट प्राप्त मौसमसम्बन्धी सूचना तथा जानकारीका आधारमा तयार पारेको यो प्रारम्भिक प्रतिवेदनले भोटेकोसी–त्रिशूली क्षेत्रमा बाढी आउनुअघि रहेको मौसमीय अवस्थाबारे प्रारम्भिक विवरण प्रस्तुत गरेको छ।

    प्रतिवेदनमा घटना हुनुअघि जारी गरिएका मौसम पूर्वानुमानमा वर्षाको सम्भावनाबारे जानकारी दिइएको तथ्यसमेत समेटिएको छ।pratibedan-1787848868 (2)



    फास्ट न्युज    
  • २०८३ भाद्र १२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट