logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • नेपाली बजारमा सुनको मूल्यमा गिरावट, कतिमा कारोबार ?

    826Shares
    नेपाली बजारमा सुनको मूल्यमा गिरावट, कतिमा कारोबार ?

    काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन तोलामा २ हजार ३ सय रुपैयाँले घटेको जनाएको छ ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ७ सय र तेजाबी सुन १ लाख ४७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ कायम थियो ।

    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपियाँले घटेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार