logo

२०८३ मंसिर ९ मंगलवार

logo
  • २०८३ मंसिर ९ मंगलवार
  • दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु हुँदै

    784Shares
    दशौं राष्ट्रिय खेलकुदका प्रतिस्पर्धा आजदेखि सुरु हुँदै

    काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेलहरू आजदेखि सुरु हुँदैछन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि पाँच विधाका प्रतिस्पर्धा भने त्यसअघि नै सञ्चालन हुन लागेका हुन् ।

    आजदेखि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका खेलहरू सुरु हुनेछन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा आयोजना हुनेछन् । प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । विभिन्न खेलमा सहभागी हुन खेलाडीहरू सुर्खेत पुगिसकेका छन् ।

    त्यस्तै, बाँकी नौ खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिमका साथै छिमेकी लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा सञ्चालन गरिनेछन् ।

    प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ । कुल ३८४ इभेन्ट्समा एक हजार ३३७ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

    यस संस्करणको राष्ट्रिय खेलकुदमा पहिलोपटक रजत र कांस्य पदक विजेतालाई पनि नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ ।

    प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट