logo

२०८३ मंसिर ८ सोमबार

logo
  • २०८३ मंसिर ८ सोमबार
  • माप्य दुधकोशीमा भीषण आगलागी : पसल, होटलसहित घर पूर्ण रूपमा नष्ट

    811Shares
    माप्य दुधकोशीमा भीषण आगलागी : पसल, होटलसहित घर पूर्ण रूपमा नष्ट

    सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–केन्द्र खास्तापमा भएको भीषण आगलागीबाट घर, पसल तथा होटल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

    गत मंसिर ६ गते राति गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा आगलागी भएको हो। आगलागीबाट सुन्दर राई र पिटर नेपालीका पसल तथा हर्कजित राईको होटलमा समेत पूर्ण क्षति पुगेको छ।

    माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले घटनाबारे जानकारी दिँदै आगलागीबाट ठूलो भौतिक क्षति भएको बताउनुभएको छ।

    आगलागीबाट घर तथा व्यवसायमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। त्यसैगरी, आगलागी हुनुको कारणसमेत खुल्न सकेको छैन। घटनाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट