logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • फेरि किन पक्राउ परे दुर्गा प्रसाइँ ?

    952Shares
    फेरि किन पक्राउ परे दुर्गा प्रसाइँ ?

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

    साइबर ब्युरो काठमाडौंको टोलीले शुक्रबार दिउँसो उनलाई चाल्नाखेलबाट पक्राउ गरेर हिरासतमा लिएको हो । उनी वीरगञ्जमा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने क्रममा समातिएका हुन् ।

    साइबर ब्यूरोमा परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्र लेखेपछि पक्राउ गरिएको प्रवक्ता एवम् एसपी दीपकराज अवस्थीले बताए । आयोगले आचारसंहिता कार्यान्वयन सम्बन्धमा पत्राचार गरेपछि त्यसबारेमा बुझ्न ब्यूरोमा लगिएको हो।

    आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२को ४ (ख) बर्खिलाप हुने गरी कसुर गरेको र विद्युतीय कारोबार ऐन २०७४को दफा ४७ बमोजिमको कसुर गरेकाले कारबाहीका लागि पत्र पठाएको थियो ।

    मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ अभियानका अगुवा प्रसाईं यसअघि माघ ५ गते पोखराबाट पक्राउ परेका थिए । तर उनलाई हाजिरी जमानीमा छाडिएको थियो ।

    प्रसाईंले त्यसबेला गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहितको विवादित भिडिओ सार्वजनिक गरेका थिए ।

    भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको थियो ।



    फास्ट न्युज    
  • २०८२ माघ २३, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार