logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • मुख्यसचिवलाई प्रधानमन्त्री ओलीकाे बधाइ, भने- राष्ट्रसेवाका लागि सफलता मिलोस्

    709Shares
    मुख्यसचिवलाई प्रधानमन्त्री ओलीकाे बधाइ, भने- राष्ट्रसेवाका लागि सफलता मिलोस्

    काठमाडौं । नेपाल सरकारको मुख्य सचिव नियुक्त हुनु भएकोमा एकनारायण अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिनु भएको छ । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले बधाइ दिनु भएको हो ।

    नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुन नवनियुक्त मुख्यसचिव अर्यालका कामहरु सफल हुने प्रधानमन्त्री ओलीले अपेक्षा लिनु भएको छ । सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो, हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आआफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुने उल्लेख गर्नु भएको छ ।

    यस्तै सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न कामप्रतिको जवाफदेहिताले सहयोग पुग्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ । मुख्य रहेको जनाउनु भएको छ ।

    सबै क्षेत्रका गरी करिब चार लाख९निजामती , शिक्षक ,सुरक्षा ० राष्ट्र सेवक कर्मचारी छन्। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ। यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु। सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन् । राष्ट्रसेवाका लागि सफलता मिलोस्, शुभकामना, प्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको स्टाटस यस्तो :

     

     



    फास्ट न्युज    
  • २०८१ भाद्र १४, शुक्रबार ०२:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार