logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • एनपीएल क्रिकेट: आज प्लेअफका दुई वटा खेल हुँदै

    934Shares
    एनपीएल क्रिकेट: आज प्लेअफका दुई वटा खेल हुँदै

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स खेल्नेछन् याे एलिमिनेटरकाे पहिलाे खेल हाे । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

    यस्तै आजको दोस्रो खेल दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले प्लेअफको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । दोस्रो क्वालिफायर खेल भोलि दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।



    फास्ट न्युज    
  • २०८१ पुष ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट