logo

२०८३ मंसिर ६ शनिबार

logo
  • २०८३ मंसिर ६ शनिबार
  • स्थानीय र प्रदेशसभा चुनाव एकैपटक गर्ने प्रस्तावमा दलहरूबीच मतभेद

    934Shares
    स्थानीय र प्रदेशसभा चुनाव एकैपटक गर्ने प्रस्तावमा दलहरूबीच मतभेद

    काठमाडौं । स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने भन्ने विषयमा राजनीतिक दलहरूबीच सहमति जुट्न सकेको छैन। निर्वाचनको तयारीबारे निर्वाचन आयोगले थालेको छलफलमा दलहरूले आ–आफ्नो धारणा राखे पनि साझा निष्कर्ष ननिस्किएपछि विषय थप छलफलका लागि राजनीतिक संयन्त्रमा पुग्ने भएको छ।

    निर्वाचन आयोगले शुक्रबार राजनीतिक दलका प्रतिनिधिहरूसँग गरेको छलफलमा पटक–पटक निर्वाचन गर्दा पर्ने आर्थिक तथा व्यवस्थापकीय भार र एकैपटक निर्वाचन गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे कुरा उठेको थियो।
    सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले पटक–पटक निर्वाचन गर्दा राज्यले धान्न सक्ने अवस्था र एकैपटक निर्वाचन गर्ने सम्भावनाबारे प्रश्न उठाएका छन्। उनले यस विषयमा राजनीतिक संयन्त्रको बैठकमा छलफल हुने जानकारी दिए।
    भोटेकोसी बाढीका बेला गठन भएको राजनीतिक संयन्त्रमा निर्वाचनको विषयले प्रवेश पाउने उनको भनाइ छ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट