logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • हेटौँडा-काठमाडौं सडकखण्डका सबै बाटो ३ दिनका लागि बन्द, घरमै सुरक्षित बस्न प्रशासनको आग्रह

    1.2KShares
    हेटौँडा-काठमाडौं सडकखण्डका सबै बाटो ३ दिनका लागि बन्द, घरमै सुरक्षित बस्न प्रशासनको आग्रह

    काठमाडौं । हेटौँडा हुँदै काठमाडौं जाने सम्पूर्ण सवारी साधनको आवतजावत तीन दिन सम्मका लागि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेकाले यस्तो निर्णय गरेको हो।

    असोज १८, १९ र २० गते तीन दिनका लागि अत्यावश्यक बाहेकका सबै सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिईन । उनका अनुसार मौसम विज्ञान विभागका अनुसार ती दिनमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता विपद् आउन सक्ने जोखिम भएकाले सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले यो निर्णय गरिएको हो ।

    जिल्ला प्रशासन कार्यालयले सवारी साधन बन्दका कारण यात्रुलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी घरमै सुरक्षित बस्न आग्रह गरेको छ । साथै, विपद् सम्बन्धी अद्यावधिक सूचना विभिन्न सञ्चार माध्यममार्फत प्राप्त गर्न र सञ्चारकर्मीले निरन्तर सूचना सम्प्रेषण गरिदिन समेत अनुरोध गरिएको छ ।

     



    फास्ट न्युज    
  • २०८२ आश्विन १८, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट