logo

२०८३ भाद्र २२ सोमबार

logo
  • २०८३ भाद्र २२ सोमबार
  • महालेखा प्रतिवेदनमा ऐसेलुखर्कको उत्कृष्ट नतिजा, बेरुजु दर जिल्लामै सबैभन्दा कम

    1.1KShares
    महालेखा प्रतिवेदनमा ऐसेलुखर्कको उत्कृष्ट नतिजा, बेरुजु दर जिल्लामै सबैभन्दा कम

    खोटाङ। महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार ऐसेलुखर्क गाउँपालिकाले वित्तीय सुशासन र पारदर्शिताको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।            महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८१/०८२ मा गाउँपालिकाले रु. १ अर्ब १४ करोड २५ लाख १९ हजार बजेट कार्यान्वयन गरेको थियो। उक्त बजेटको लेखापरीक्षण हुँदा जम्मा रु. ५० लाख ६५ हजार अर्थात् ०.४४ प्रतिशत मात्र बेरुजु कायम भएको जनाइएको छ।

    ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राई ( गिरेन) का अनुसार यो बेरुजु दर खोटाङ जिल्लाका सबै स्थानीय तहमध्ये सबैभन्दा कम हो। उनले यस उपलब्धिलाई गाउँपालिकाको पारदर्शी कार्यप्रणाली, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा नागरिकको निरन्तर खबरदारीको परिणामका रूपमा व्याख्या गरेका छन्।
    उक्त उपलब्धिका लागि अध्यक्ष राईले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा गाउँपालिकावासीप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा ‘शून्य बेरुजु’ र पूर्ण सुशासनयुक्त समृद्ध ऐसेलुखर्क निर्माण गर्ने लक्ष्यका साथ कामलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

    गाउँपालिकाले हासिल गरेको यो नतिजालाई स्थानीय तहमा वित्तीय अनुशासन, जवाफदेहिता र सुशासन प्रवर्द्धनतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २१, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट