logo

२०८३ भाद्र २२ सोमबार

logo
  • २०८३ भाद्र २२ सोमबार
  • जेनजी आन्दोलनमा कारागारबाट भागेका हाडनाता बलात्कारका दोषी पक्राउ

    709Shares
    जेनजी आन्दोलनमा कारागारबाट भागेका हाडनाता बलात्कारका दोषी पक्राउ

    काठमाडौं, हाडनाता बलात्कार कसुरमा १४ वर्ष कैद सजाय तोकिएका एक फरार कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा घर भएका हर्कबहादुर गुरुङ रहेका छन् ।

    गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । १४ साउन २०८१ मा कास्की जिल्ला अदालतले उनलाई हाडनाता बलात्कार कसुरमा १४ वर्ष कैद सजाय सुनाएको थियो ।

    अदालतको फैसलापछि कैद भुक्तान गरिरहेका गुरुङ जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेको प्रहरीले जनाएको छ । कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

    सीआईबीले पक्राउ गरेपछि गुरुङलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कास्की कारागार पठाइएको प्रहरीले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट